भक्तपुरमा पानी ट्यांकीमा डुबेर एक युवकको मृत्यु

Posted on: 13 Jul, 2018

असार २९, भक्तपुर | सूर्यविनायक नगरपालिका–३ बालकोट नयाँ बस्ती बस्ने २३ वर्षीय सुभाष चौलागार्इंको हिजो पानी ट्यांकीभित्र डुबेर मृत्यु भएको छ । 

सोही ठाउँ बस्ने पदमबहादुर सुनुवारको नयाँ घर कम्पाउण्ड पछाडि रहेको रिजर्भ ट्यांकीमा डुबेको अवस्थामा स्थानीयवासीले उद्धार गरी मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिले जानकारी दिएको छ । 

प्रहरीको प्रारम्भिक अनुसन्धानमा बा ५ ख ८२७१ नं को ट्यांकरबाट पानी हाल्ने क्रममा ट्यांकीभित्र खसेर बेहोश भएका चौलागार्इंको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक हस्तबहादुर सुनारले जानकारी दिनुभयो । 

प्रहरीले पदमबहादुर सुनुवार र ट्यांकर चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान शुरु गरेको छ । मृतकका काका छत्रबहादुर चौलागार्इंले आज प्रहरी वृत्त थिमिमा हत्या भएको भन्दै जाहेरी दिएका छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!