सलमान नेपाल नआएपछी ओडीसीका अध्यक्ष गुरुङ पक्राउ

Posted on: 13 Jul, 2018

असार २९, काठमाडौँ । भारतीय अभिनेता सलमान खानलाई नेपाल ल्याउने भन्दै लाखौं ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

 

प्रहरीले ओडीसी इन्टरटेनमेन्टका अध्यक्ष सिमान्त गुरुङलाई पक्राउ गरेको हो | गुरुङले सलमानलाई काठमाडौंको टुँडीखेलमा ल्याएर कार्यक्रम गर्ने भन्दै पाँच हजारभन्दा बढी  टिकट बिक्री गरेका थिए |

विप्लव नेतृत्वको नेकपाको धम्की र कालो हरिणको शिकार गरेको मुद्दामा जोधपुर अदालतले खानलाई पाँच बर्षको जेल सजाय सुनाएसँगै सलमानको नेपाल भ्रमण टरेको थियो । 

तर, आयोजक ओडीसीका अध्यक्ष गुरुङले खान नेपाल आउने भन्दै टिकट बिक्रीवितरण गरि ठगि गरिरहेका थिए ।

गुरुङले सलमान ल्याउने भन्दै ५ हजार देखी २० हजारसम्मको टिकट विक्री गरेको बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!