आजदेखि गरिबीका आधारमा तीन प्रकारका कार्ड बाँडिदै: अति गरिबले रेडकार्ड पाउने

Posted on: 13 Jul, 2018

असार २९, काठमाडौं । सरकारले आर्थिक अवस्थाको आधारमा तीन प्रकारका कार्डहरु वितरण गर्दैछ । साथै नागरिकहरुले कार्ड पाए अनुसार सेवा-सुविधा समेत बेग्ला-बेग्लै तरिकाले पाउने व्यवस्था सरकारले मिलाउने जनाएको छ ।

सरकारले आजदेखि २६ जिल्लामा पहिचान भएका गरिब परिवारका लागि परिचयपत्र वितरण सुरु गरेको हो । नव विकास सुचकांकका तल रहेका जिल्लाहरुबाट शुरु गरिएको हो ।

कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणि खनालले कपिलवस्तुको मायादेवी गाउँपालिकामा परिचयपत्र बाँडेर कार्यक्रमको थालनी गरेका छन् । सरकारी अभियान सुरु भएसँगै अब तत्काल ३ लाख ९१ हजार ८३१ घर परिवारले गरिबीको परिचयपत्र पाउनेछन् ।

सरकारले बाड्न सुरु गरेको कार्ड तीन किसिमका छन् । जसमा रातो कार्ड, पहेँलो कार्ड र नीलो कार्ड रहेको छ । रातो कार्ड अति गरिवले पाउनेछन् भने मध्यम गरिवले पहेलो कार्ड पाउनेछन्, त्यस्तै सामान्य व्यक्तिहरुले नीलो कार्ड पाउनेछन् । कार्ड वितरण गर्ने क्रममा पहिलो चरणमा पहिलो चरणमा २५ जिल्लाबाट १२ लाख ४० हजार परिवारको तथ्याङ्क संकलन गरेकोमा १ लाख ८८ हजार २ सय ३२ परिवारलाइ रातो कार्ड, १ लाख २९ हजार ७५४ लाई पहेँलो कार्ड र ८३ हजार ८४५ परिवारलाई नीलो कार्ड दिईनेछ ।


बोर्डले तनहुँ, बैतडी, अछाम, बझाङ, बाजुरा, कैलाली, जुम्ला, हुम्ला, मुगु, डोल्पा, कालिकोट, जाजरकोट, बर्दिया, रुकुम, रोल्पा, प्युठान र अर्घाखाँचीबाट गरीब घरपरिवारको तथ्याङ्क संकलन गरेको थियो । कपिलवस्तु, बाग्लुङ, गोरखा, रामेछाप, सिन्धुली, रौतहट, सिराहा, खोटाङ र भोजपुर र सिराहा गरिब परिवार पहिचान भएका छन् ।

सरकारले कार्ड वितरण सुरु गरेतापनि परिचयपत्र पाएकाहरुले सरकारबाट के-के कुरामा सुविधा पाउनेछन् भन्ने बारे भने टुंगो लगाएको छैन । बाँकी जिल्लाहरुमा पनि अबको २ बर्षमा गरिव/धनी पहिचान गरि कार्ड वितरण गर्ने सरकारी लक्ष्य रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!