सरकारसंग दुई बुँदे सहमति गरेपछि गंगामाया अधिकारीको अनसन स्थगित

Posted on: 13 Jul, 2018

असार २९, काठमाडौं । सरकारले दुई बुँदे सहमति गरेपछि गंगामाया अधिकारीले अनसन स्थगित गरेकी छन् । शुक्रबार कानुनमन्त्री शेरबहादुर तामाङको उपस्थितिमा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएर अधिकारीको अनसन तोडाएका हुन् । 

द्वन्द्वकालमा मारिएका छोरा कृष्णप्रसाद अधिकारीको हत्यारा पत्ता लगाउनुपर्ने माग गर्दै विगत लामो समयदेखि अनसनमा बसेकी थिइन् ।

अनसन तोड्दै गंगामायाले १० दिनसम्म जुसमात्रै खाएर बस्ने र सरकारको प्रतिबद्धतालाई हेर्ने बताएकी छन् । कानुनमन्त्री तामाङका अगाडि अधिकारीले छोराको हत्याराहरु तत्काल पत्ता लगाउन आग्रह गरिन् ।

गंगामायाले छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै आएकी छन् । वीर अस्पतालमा अनसनकै क्रममा गंगामायाका पति नन्दप्रसाद अधिकारीको केही वर्ष अघि निधन भएको थियो भने छोरा नुरप्रसाद वेपत्ता छन् ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!