सालकको खपटासहित एक जना पक्राउ

Posted on: 14 Jul, 2018

असार ३०, पाचथर | पाँचथरको हिलिहाङ गाउँपालिकाबाट प्रहरीले ११ किलो सालकको खपटासहित एक जनालाई पक्राउ गरेको छ।


खपटा ओसारपसारमा संलग्न हिलिहाङ गाउँपालिका ३ का ५३ वर्षीय फुपुठिले शेर्पालाई पक्राउ गरिएको हो।

मेची राजमार्गमा सवारी चेकजाँच गर्ने क्रममा मे १ ज १४३९ नम्बरको बोलेरो गाडीमा सालकको खपटा, चाँदीको गहना र १२ हजार नगदसहित उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अमरपुरले जनाएको छ। 

शेर्पालाई आवश्यक अनुसन्धानपश्चात् कारबाहीका लागि जिल्ला वन कार्यालय पाँचथरमा बुझाइएको प्रहरीले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!