काठमाडौँमा ट्रीपरको ठक्करबाट एक युवतीको मृत्यु, एक घाइते

Posted on: 14 Jul, 2018

असार ३०, काठमाडौं । सरकारले बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म टिपर चलाउन नपाइने नियम बनाइरहेकाबेला काठमाडौँमा टिपर आतंक झनै बढिरहेको छ । शनिबार दिउसो काठमाडौँमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक युवतीको मृत्यु भएको छ ।

राजधानीको सोल्टीमोडमा ना ७ ख ९४७५ नम्बरको टिपरले बा ९६ प ४९११ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार १८ वर्षीया अनुजा घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक अनुजाका दाजु अनुज भने सामान्य घााइते भएका छन् । घाइते अनुजाको बल्खुस्थित बयोधा हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी विश्वराज पोखरेलले दिए ।

चापागाउँबाट धादिङ नौविसेमा सिमेन्ट फ्याक्ट्रीका लागि ढुंगा बोकेर हिँडेको टिपरले सोल्टीमोडमा अपरान्ह साढे एक बजे उनीहरूलाई ठक्कर दिएको थियो । प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएको बताएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!