नवलपरासीमा नारायाणी नदिमा डुबेर एक बालक बेपत्ता

Posted on: 14 Jul, 2018

श्याम थापा | असार ३०, सुस्ता | नवलपरासीको सुस्ता गाउँपालिका वडा न. ५ पकलिहवा स्थित ठोकर न.५ नारायणी नदिमा एक बालक डुबेर बेपत्ता भएका छन् । 

बेपत्ता हुनेमा सुस्ता गाउँपालिकाको वडा न.५ बलिनगर बस्ने केश कुमार चौधरीको छोरा अन्दाजी १२ बर्षका बिसाल कुर्मीको नारायणी नदीमा दाउरा झिक्ने क्रममा नदिमा खसेपछि बेपत्ता भएका हुन् । 

बिशाल कुर्मीको शव खोजी कार्य जारी भैरहेको र नारायणी नदीमा पानीको बहाब बढी भएको कारणले कुर्मीको शब भेला नपरेको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरिक्षक केदार बस्नेतले जानकारी दिनुभएको छ  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!