बझाङमा खेतमा पानी लगाउन गएका सेनाका हवल्दारको लडेर मृत्यु

Posted on: 15 Jul, 2018

टेकेन्द्र बोहरा, असार ३१, बझाङ । बझाङमा खेतमा पानी लगाउन गएका नेपाली सेनामा कार्यरत हवल्दारको लडेर मृत्यु भएको छ । 

मष्टा गाउँपालिका–६ घर भएका अमल्दार रामबहादुर बोहराको आफ्नो खेतबारीमा पानी लगाउन जाने क्रममा लडेर आइतबार बिहान मृत्यु भएको प्रहरी कार्यालय बझाङले जनाएको छ ।

मृतक वोहरा सार्दुल गुल्म पानकोट ब्यारेकमा कार्यरत थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!