झापामा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

Posted on: 15 Jul, 2018

असार ३१, सुरुङ्गा, झापा । चन्द्रगढीबाट विर्तामोडतर्फ आउँदै गरेको मोटरसाइकलको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ । 

स३प २७९६ नंको मोटरसाइकलको ठक्करबाट बिर्तामोड– ८ का सात वर्षीय अभिषेख श्रेष्ठको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी नायब निरीक्षक याम खड्काले जानकारी दिनुभयो । 

सडक पार गर्ने क्रममा मोटरसाइकलले बालकलाई ठक्कर दिएको बताइएको छ । ठक्करबाट गम्भीर घाइते बालकको भद्रपुरस्थित ओमसाइ पाथीभरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । (रासस)

यस बिषयमा तपाइको प्रतिक्रिया...!