१५ वर्षको उमेरमै क्यान्सरबाट थलिएकी रोल्पाली छोरीलाई सहयोग माग्दै आमा

Posted on: 17 Jul, 2018

गोपाल चन्द | साउन १, काठमाडौँ । हातमा क्यान्सर देखिएपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचार गराइरहेकि एक किशोरीको उपचारको लागि आर्थिक सहयोग जुटाइदिन उनकी आमाले आग्रह गरेकी छन् ।

रोल्पाको रुन्टीगढी गाउँपालिका वडा न १ ओबाङका भुपेन्द्र प्रताप घर्तीकी १५ बर्षीय छोरी नारायणी घर्तीको देब्रे हातको पाखुरामा क्यान्सर भएपछि उनि ३ महिना देखि अस्पातालमा भर्ना भएकी छन् । उनको उपचारमा अझै १५ लाख बढी खर्च हुने उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् ।


हाल घर्ती परिवार दाङ घोराही उपमहानगरपालिका वडा न ७ पर्सामा बस्दै आएको छ । सामान्य ज्याला मजदुरी गरेर जीवन गुजारा गरिरहेका उनीहरुलाई छोरीको उपचार गराउन समस्या भैरहेको छ ।

छोरीको उपचार गराईरहेकी आमा भगवती घर्तीले उपचारमा समस्या भएपछि आर्थिक सहयोग गरिदिन आग्रह गरेकी छन् । उनले आफ्नो छोरी १५ बर्षको कलिलो उमेरमै क्यान्सरले थालिएको बताउंदै छोरीको जीवन रक्षाको लागि सहयोगी मनहरु सबैलाई अपिलसमेत गरेकी छन् ।

अहिलेसम्म करिब ९/१० लाख खर्च भैसकेको र उपचारकै क्रममा रहेकाले अझै १५ लाख बढी खर्च हुनसक्ने डाक्टरहरुले बताएपछि थप उपचार गर्न समस्या भएको उनकी आमाले बताईन ।

भावुक हुँदै उनले भनिन- ‘श्रीमान बैदेशिक रोजगारीको लागि टर्की गएको एक महिना भएको थियो, यता छोरीको हातमा क्यान्सर भयो, छोरीको उपचार गर्न लागेको ३ महिना भैसक्यो, अब यति ठुलो रकम कसरी जुटाउने ?

अहिलेसम्म केहि संघ सस्था र सहयोगी मनहरुको सहयोगले उपचार गरेको जानकारी दिँदै उनले भनिन- ‘घरको आर्थिक अवस्था कमजोर रहेको हुँदा थप उपचार गर्न कठिन भइरहेको छ ।’ सबै छोराछोरी सानै भएकाले पढाउनको र परिवारको खर्च जोहो गर्न श्रीमानलाई बैदेशिक रोजगारीमा पठाएको उनले बताईन ।

उनलाई सहयोग गर्न चाहाने सबैले बैंक अफ काठमाडौको ०५१८००००१६४८ भगवती घर्तीको नाममा जम्मा गरिदिन सक्नुहुने छ । अथवा सम्पर्कका लागि ९८४७९०२९६८ नम्बरको मोबाइलमा सम्पर्क गरेर पनि आर्थिक सक्नुहुने छ ।

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजद्वारा आर्थिक सहायोग हस्तान्तरण

यसैगरी अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका महासचीव लेख प्रसाद रोका आफै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पुगेर रु २०,०००/- नगत सहयोग गरेका हुन् । उनले आफुहरुले संकलन गरेको रकम बुझाउदै नानीको उपचारको लागि सबैलाई आर्थिक सहयोग गरिदिन अपिल समेत गरेका छन् ।


यस आघि पनि अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले बैतडी दोगडा केदार गाउँपालिका ६ सित्तलका करण कटी भुललाई पनि १५ हजार सहयोग गरेको थियो । काठमाडौंस्थित ट्रमा सेन्टर हस्पिटलमा उपचाररत भूलको खुट्टाको गोलिगाँठो मुनिको सबै भाग क्यान्सरका कारण झरिसकेको छ ।

हालै गठन भएको रोल्पालीहरुको साझा संस्था अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!