सुर्खेतमा १० वर्षीया बालिका बलात्कृत

Posted on: 18 Jul, 2018

साउन २, सुर्खेत । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाकी १० वर्षीया बालिका बलात्कृत भएकी छन् । २९ गते राति ५२ वर्षीय लोकबहादुर विकले बलात्कार गरेको प्रहरीले जनाएको हो ।

बुहारीको माइत आएका विकले राति ११ बजेतिर बालिका बलात्कार गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रहरी निरीक्षक मधुसुदन न्यौपानेका अनुसार बलात्कृत बालिका हिँडडुल गर्न नसक्ने भएपछि आफन्तले दुई दिनपछि मात्रै घटनाबारे जानकारी पाएका थिए । प्रहरीले मंगलबार विकलाई पक्राउ गरेको छ । बालिकाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । पछिल्लो समय सुर्खेतमा बलात्कारका घटना बढ्दै गएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गत आर्थिक वर्षमा ३० वटा बलात्कार र १६ वटा जबरजस्ती करणीका घटना दर्ता भएका छन् ।






यस बिषयमा तपाइको प्रतिक्रिया...!