जुम्लामा डा. केसी पक्षरधर र प्रहरीबीच हानाहान , दर्जन घाइते

Posted on: 19 Jul, 2018

साउन ३, काठमाडौं | जुम्लामा आमरण अनसन बसेका प्रा डा. गोविन्द केसी समर्थक र प्रहरीबीच झडप भएको छ । बिहीबार डा. केसीलाई काठमाडौं ल्याउन कर्णालीका मुख्यमन्त्री र कानुनमन्त्रीको टोली जुम्ला पुगेको थियो ।

त्यसक्रममा अनसनस्थलमा सरकारी टोलीलाई केसी समर्थकले प्रवेश गर्न नदिएपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

झडपमा प्रहरीको लाठी चार्जबाट एक दर्जन बढी विद्यार्थी तथा चिकित्सकहरु घाइते भएको बताइएको छ । बल प्रयोग गरेर भएपनि उपचारका लागि काठमाडौं ल्याउने सरकारको निर्णयपछि कर्णालीका

मुख्यमन्त्री महेन्द्रबहादुर शाही र कानुनमन्त्री नरेश भण्डारी कार्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका थिए । तर, उनीहरु अस्पताल प्रवेशमै केसी पक्षधरले अवरोध गरेका थिए । 

केसीको पक्षमा नाराबाजी गर्दै विद्यार्थीले बाटो छेकेपछि झडप भएको बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!