गुल्मीमा डिएनए परिक्षणले कुमारी आमा फसादमा पर्दै

Posted on: 19 Jul, 2018

प्रेम सुनार । साउन–३, गुल्मी ।  गुल्मीमा श्रीमान र सन्तानको नाता प्रमाणित गरी मानो चामल भराई पाउँ भन्दै महिलाबाट परेको थुप्रै मुद्धाहरु मध्ये हालसम्म  ४ जना पुरुषले आफ्नो सन्तान नभएको अस्वीकार गरी डिएनए परिक्षणको माग गरेका छन्  ।

त्यस मध्ये डिएनए परिक्षणले  एक जना पुरुषको मात्रै दावी पुरा भयो । रिर्पोट अरु तिन जना महिलाको पक्षमा आउन सकेन ।  त्यस परिक्षण कै आधार मानेर मुद्धा फैसला हुने हो भने ति कुमारी आमा अपत्र पर्ने देखिएको छ ।

यस जिल्लामा लामो समय देखि कानुन व्यवसायी रहँदै आएका  विष्णुप्रसाद वलाल भन्छन–‘ डिएनए विज्ञावनको कुरा भयो । अदालतले अपराध अनुसन्धानका लागि विशेषज्ञबाट   लिएको   राय हो त्यो ।  

डिएनए विज्ञानको एउटा प्रमाण हुन सक्छ । तर त्यो नै प्रमाण नमान्न सक्छ ।   त्यसको विपक्षीमा फैसला गर्नु परे अरु थुप्रै परिस्थितीजन्य प्रमाणहरु अदालतले जुटाउनु पर्ने हुन्छ । अर्का  अधिवक्ता  गोपाल खनाल  पनि डिएनए नै बलियो प्रमाण हुन नसक्ने गरी सवोच्चबाटै यस्तो नजिर रहन गएको धारणा राख्छन ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाण्डौंमा सम्पर्क राख्द गत श्रावण  महिना देखि  अशाढ मशान्त सम्म देशभर मै २३ वटा डिएनए परिक्षण गरिएको जानकारी दिईयो ।  त्यस प्रयोगशालाका प्रमुख बैज्ञानिक दिनेश कुमार झाले भने–‘ गत आर्थिक वर्षमा २३ वटा परिक्षण भएको मध्ये १२ वटा आमाको  पक्षमा र ११ वटा  पुरुषको पक्षमा  रिर्पोट आएको  छ  । ’

अदालतले विज्ञानलाई नै वलियो प्रमाण ठानेर त्यस्ता मुद्धा फैसल गर्ने हो भने अब  ति ११ वटी महिलाले आफ्ना सन्तानको वावु खोज्न कहाँ जाने ?  त्यस्तै  ति महिलाहरु एक भन्दा बढि पुरुषहरु संग शाररिक सम्पर्क राखेको भन्दै समाजमा उनिहरुको चरित्र हत्या समेत हुने देखिएको छ ।

गुल्मीमा पछिल्लो डिएनए परिक्षणबाट  सन्तान दावी हुन नसकेकी एक महिला भन्छिन–‘ मेरो सन्तानको वावु उ शिवाय अरु कोही होईन , खै कसरी त्यस्तो रिर्पोट आयो मलाई मान्य छैन । ’ उनले आरोप लगाएका ति पुरुष भन्छन डिएनएले मलाई न्याय दियो ।  ति महिलाका सन्तान अहिले १५ वर्षको उमेर सम्म वावुबाट  बेवरिसे  बनेका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!