भृकुटीमण्डपमा इक्यान शैक्षिक मेला

Posted on: 19 Jul, 2018

साउन ३, काठमाडौँ | नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को १२औँ शैक्षिक मेला आजदेखि भृकुटीमण्डपमा शुरु भएको छ । 


मेलाको आज यहाँ परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले उद्घाटन गर्नुभयो । उहाँले विदेशमा नेपाली विद्यार्थीलाई पढाउन पठाए जस्तै नेपाललाई पनि विदेशी विद्यार्थीका लागिसमेत शैक्षिक गन्तव्य बनाउन सकिने बताउनुभयो । 

उहाँले नेपालमा बौद्ध शिक्षा, हिमाल आरोहण शिक्षा, संस्कृतिलगायतका विषयमा अन्य देशका विद्यार्थी भित्र्याउन इक्यानले भूमिका खेल्नुपर्ने बताउनुभयो । 

इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले ‘शिक्षा आर्जन गर्न विदेश जाँदा विद्यार्थी नठगिउन र सही परामर्श पाउन’ भन्ने उद्देश्यले मेलाको आयोजना गरिएको बताउनुभयो । 

इक्यानको शैक्षिक मेला पहिलोपटक सन् २००८ मा वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना गरिएको थियो । मेलामा ३८८ वटा कक्ष राखिएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!