‘छोई पासो भयो’ कुटपिट भएका मान्छेको मृत्यु भएपछि...

Posted on: 20 Jul, 2018

प्रेम सुनार । साउन–४, गुल्मी ।   साउन २ गतेका दिन पैसा चोरेको भन्दै एक जना ब्यक्तिद्धारा सामन्य कुटपिट भएको बताईएका पल्लीकोट गाउँका शेरबहादुर राकाशकोटीको अर्को दिन मृत्यु भएपछि ति कुटपिट गरेको भनिएका ब्यक्ति  प्रहरीको फन्दामा फन्दामा परेका छन ।

हिजो साँझ करिव ५ वजेको समयमा  छत्रकोट गाउँपालिका वडा नम्वर २ मा पर्ने पल्लीकोटका ३४ वर्षिय राकशकोटीको वडाध्यक्षको नाम पनि त्यही भएकोले मृत्यु भएको थियो । उनलाई अँस्ती छिमेकी ३१ वर्षीय  ( कं) रुकबहादुर राकशकोटी (  छिमेकी वडाध्यक्षको नामथर पनि त्यही भएकोले ) ले खल्तीबाट पैसा चोरेर लगेको भन्दै कुटपिट गरेको परिवारजनले बताए ।

स्थानिय पाका ब्यक्ति डिलबहादुर राकासकोटी कुटपिटबाट मृत्यु नभएको भन्दै छोईपासो भएको बताउँछन। यस्तो छ उनको भनाई–‘ मृतक रक्सी सेवन गरिरहन्थे, त्यस दिन पनि  सेवन गरिरहेका थिए ।  केहि वर्ष अघि देखि उनलाई जन्डिसको विमार भएको थियो ।

सामन्य हात हालाहल भएको हो, कुटाईका कारणले मृत्यु भएको भनेर हामी पत्याउन सक्दैनौं ।’  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता  प्रहरी निरीक्षक रविन्द्र खड्काले परिवारजनले जाहेरी दिएपछि उनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!