सशस्त्र प्रहरीद्वारा गाजा बरामद

Posted on: 21 Jul, 2018

साउन ५,काठमाडौं। पर्सामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश बेलुवाबाट खटिएको टोलीले ७० के.जी गाजा नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी निरिक्षक मनोज खड्काको कमाण्डमा रहेको डिउटी टोलिले नियमित चेकजाचको क्रममा शुक्रबार राति ११ बजे बिरगंज महानगरपालिका वार्ड न ३१ जितपुर ठोरी जनता रोड बाट ७० के.जी गाजा नियन्त्रणमा लिएको हो ।

गाजा सहित ओसारपसारमा संलग्न पर्सा जिल्ला पर्सगढ़ी नगरपालिका ३ बस्ने सवारी चालक बर्ष २६ को गोबिन्द कुमार चौधरी र पर्सगढ़ी ९ बस्ने वर्ष ३३ का दिनेश कुमार दास थारुलाई आबश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सा बिरगंज बुझाएको छ।

गाजा बोक्न प्रयोग भएको सवारी साधन ना.१ ज.२४९३ न. को काठमाडौं  पर्सगढ़ी चल्ने टाटा सुमो र उनीहरुको साथमा रहेको दुई थान मोबाईल समेत पर्सा प्रहरीलाई जिम्मा लगाइएको  सशस्त्र प्रहरी निरिक्षक मनोज खड्काले जानकारी दिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!