सेती नदीमा हाम फाल्दा एकै परिवारका तीन जना बेपत्ता, एकको उद्धार

Posted on: 21 Jul, 2018

प्रकाश बम | साउन ५, डोटी | डोटीमा एकै परीवारका चार जनाले सेती नदिमा हाम फाल्दा तीन जना वेपत्ता र एक जनाको उद्धार गरीएको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ । दुई छोरा, एक छोरी आमा सहित चारजनाले सामुहिक नदीमा हाम फालेका हुन् । 

आदर्श गाउँपालिका–४ की २८ वर्षिया धौलीदेवी बोहरा, उनकी १२ वर्षिया छोरी राधिका बोहरा, ८ वर्षिय छोरा सुरेन्द्र बोहरा र ६ वर्षिय छोरा सुनिल बोहराले सामुहिक रुपमा सेती नदीमा हाम फालेको प्रहरीले जनाएको छ । उनीहरुले बैतडीको ढुङ्गाड र डोटीको तलारा जोड्ने झोलुङ्गे पुलभन्दा करिब १०० मिटर तलबाट सेती नदीमा हामफालेका हुन् । जसमध्ये सुरेन्द्रलाई सोही ठाउँमा माछा मारिरहेका आदर्श गाउँपालिका–५ का मानवहादुर बिकले उद्धार गरेर बचाएका छन् । 

घटना साउन १ गते साँझको भए पनि घटनाबारे प्रहरीलाई शुक्रबारमात्रै जानकारी भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । आदर्श गाउँपालिका–४ का वडाध्यक्ष नारायण पछेराले घटनाबारे जानकारी गराएपछि प्रहरीलाई थाहा भएको प्रहरी नायब उपरिक्षक लाल बहादुर धामीले जानकारी दिनु भयो । घटनाबारे अहिले गरी रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!