पाल्पामा पिकअप जीप र मोटरसाइकल एकापसमा ठोक्किदा एकको मृत्यु

Posted on: 22 Jul, 2018

साउन ६, पाल्पा | पाल्पाको तानसेन नगरपालिका–८, डुम्रेचोकमा पिकअप जीप र मोटरसाइकल एकापसमा ठोक्किदा मोटरसाइकल पछाडि बसेका एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा पाल्पा जिल्ला तानसेन नगरपालिका–१४, अर्गेलीका २३ वर्षीय कृष्ण पुन रहेका छन् । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ च ४०८० नंको पिकअप जीप र विपरीत दिशाबाट जाँदै गरेको लु २९ प ७०२१ नंको मोटरसाइकल एकापसमा ठोक्किदा दुर्घटना भएको हो । 

शनिबार साँझ भएको दुर्घटनामा परी मोटरसाइकल चालक तानसेन अर्गलीका २७ वर्षीय विनोद थापाको घाइते भएका छन् र मोटरसाइकल पछाडि सवार पुनको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभाषतर्फ लैजाँदा बाटोमा नै मृत्यु भएको हो । 

मोटरसाइकल चालक २७ वर्षीय विनोद थापाको लुम्बिनी मेडिकल कलेज प्रभाषमा उपचार भइरहेको प्रभाष प्रहरी चौकीले जनाएको छ । दुवै सवारीसाधन तथा जीप चालक प्रहरीको नियन्त्रणमा रहेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!