ट्रकले मोटरसाईकललाई हान्दा दुई व्यत्ति तिनाउँखोलामा खसेपछि...

Posted on: 22 Jul, 2018

प्रेम सुनार । साउन–६, बुटवल । अहिले केहि वेर अघि वुटवल पाल्पा सडक खण्डको शिद्धबाबा ट्रकले ठक्कर दिदाँ मोटर साईकलमा सवार एक जना तिनाउँखोलामा खसेका छन । ना ३ ख १००७ नम्वरको ट्रकले ठक्कर दिदा लु २१ प ९६८० नम्वरको मोटरसाईकलमा सवार दुई जना तिनाउ खोलामा खसेको प्रहरीले जानकारी दिएको छ ।

खस्नेहरुको नाम विवरण खुली सकेको छैन । ईलाका प्रहरी कार्यालय डिलबहादुर मल्लका अनुसार  प्रहरी घटना स्थलमा पुगेर उद्धारमा जुट्दै छ ।  तल तिनाउँखोलामा एक जना ब्यक्ति माथीबाट देखिए पनि जिवित र मृतक पत्ता लगाउन सकिएको छैन ।

अनकन्टार भिर भएकोले डोरीको सहायताले  लिनु पर्ने प्रहरीले जनाएको छ । मोटर साईकलमा दुई जना रहेको आशंका गरिएको आशंका गरिएको छ ।  मोटर साईकल र ट्रक दुवै तानेसेनबाट वुटवल आउँदै गरेको स्थानिय विष्णु पाण्डेले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!