तिनाउँखोलमा खसेर वावु छोराको ज्यान गयो

Posted on: 22 Jul, 2018

प्रेम सुनार । साउन–६, बुटवल । अहिले केहि वेर अघि वुटवल पाल्पा सडक खण्डको शिद्धबाबा ट्रकले ठक्कर दिदाँ मोटर साईकलमा  सवार एकै परिवारका वावु छोराको ज्यान गएको छ।

ना ३ ख १००७ नम्वरको ट्रकले ठक्कर दिदा लु २१ प ९६८० नम्वरको मोटरसाईकलमा सवार  तानेसेन नगरपालिका वडा नम्वर ७ का माधव कुमाल र उनको छोरा अशोक कुमालको ज्यान गएको वुटवल प्रहरीले जानकारी दिएको हो ।

मोटर साईकल र ट्रक दुवै तानेसेनबाट वुटवल आउँदै गरेको स्थानिय विष्णु पाण्डेले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!