मंगलसेन र साफेबगर नगरपालिकामा श्रद्धाञ्जली सभा

Posted on: 22 Jul, 2018

साउन ६, अछाम | मंगलसेन नगरपालिकाका नगरप्रमुख पदम बहादुर बोहराले धरान उपमहानगरपालिकाका प्रमुख तारा शुब्बाको निधनले आफु र मंगलसेन नगरबासी अत्यन्तै दुखित भएका बताउनु भएको छ । यही साउन १ गते सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाका नगरप्रमुख तारा सुब्बाको असामयिक निधन भएको थियो । 

मंगलसेन नगरपालिकाले आयोजना गरेको सोक सभामा बोल्दै नगरप्रमुख बोहराले उहाँको निधन प्रति सोक ब्यक्त गर्नु भयो । सोकसभा कार्यक्रममा उपप्रमुख सरिता उपाध्याय, बिभिन्न वडाका वडाध्यक्षहरु, प्रमुख प्रशासकिय अधिकृत तथा अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो । नगरपालिकाले शुब्बाको निधन प्रति सोक ब्यक्त गर्दै कार्यालयको कामकाज आधा घण्टा बन्द गरेको थियो । यस्तै धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको सम्झनामा साफेबगर नगरपालिकाको आयोजनामा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न  भएको छ । 

धरान उपमहानगरपालिका प्रमुख तारा सुब्बाको २०७५ साल साउन ०१ गते  ५२ बर्षको उमेरमा  उपचारको क्रममा काठमाडौ को ग्रान्डि अस्पतालमा निधन भएको थियो । श्रद्धाञ्जली सभामा स्वर्गीय तारा सुब्बाले विकास निर्माणमा गरेको अतुलनिय योगदानको प्रशंसा गर्दै फोटोमा माल्यार्पण गरिएको थियो । 

शोकसभामा बोल्दै साफेबगर नगरपालिकाका प्रमुख कुल बहादुर कुवरले धरान महानगरपालिकाका प्रमुख सुब्बाको फोटोमा माल्यार्पण गर्दै  स्वर्गीय सुब्बा एक धरानका होनाहार योद्दा मात्र नभई देशकै विकास प्रेमि भएकाले उहाले लिएको विकास निर्माणको सपना सबै नगर प्रमुखले आत्मा साथ गर्दै अघि बढ्नु पर्ने बताउनु भयो । साफेबगर नगरपालिकाका प्रमुख कुल बहादुर कुवरको अध्यक्षतामा भएको सभामा नेकपाका नेता प्रकाश शाह, नेपाली काङ्ग्रेसका सुरत कुवर, उपप्रमुख बिरमला बुड्थापा लगाएतको सहभागीता रहेको थियो । श्रद्धाञ्जली सभाको संचालन प्रबक्ता बालगिरि कुवरले गर्नु भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!