गुल्मीमा जिल्लामा विपद प्रतिकार्य समूह तालीम आजदेखि सुरु

Posted on: 23 Jul, 2018

साउन ७, गुल्मी | गुल्मीमा जिल्ला विपद प्रतिकार्य समूह  तालीम  आजदेखि सुरु गरिएको छ ।  जिल्लामा विपदको समयमा तत्काल व्यबस्थित रुपमा खोज, उद्धार तथा राहत कार्य गर्न सकियोस भन्ने अभिप्रायले स्थानीय सरकार र सरोकारवाला कार्यालयहरुको सहभागितामा यो तालीम सन्चालन गरिएको हो । 

आजदेखि साउन  १२ गते सम्म ६ दिन सन्चालन हुने उक्त तालीममा जिल्लाका १२ बटै स्थानीय तहका प्रतिनिधि, उद्योग बाणिज्य संधका प्रतिनिधि, नेपाल प्रहरी ,नेपाल आर्मी, शसस्त्र प्रहरी बल तथा रेडक्रसका स्वयंसेवक गरी २४ जनाको सहभागिता रहेको छ । तालिममा सैद्धान्तिक ज्ञानका साथै व्यवहारिक अभ्यास गराइने छ । र   प्रशिक्षार्थीको विषयगत तथा व्यवहारगत मुल्याँकन हुनेछ । 


नेपाल रेडक्रस सोसाइटी गुल्मी जिल्ला शाखाका सभापति श्री अनुप कुमार श्रेष्ठको सभापतित्वमा आजै विहान सम्पन्न उदघाटन समारोहमा जिल्ला विपद व्यबस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । उदघाटन कार्यक्रममा, प्रहरी उपरीक्षक, गुल्मपति, शसस्त्र प्रहरी नायव उपरीक्षकको समुपस्थिति रहेको थियो ।

नेपाल रेडक्रसद्धारा सन्चालित विपद उत्थानशील समुदाय निर्माणका लागि सामुदायिक पहल कार्यक्रम अन्तरगत सो तालिम सञ्चालन गरिएको नेपाल रेडक्रसका सञ्चार प्रमुख दिव्यराज पौडेलले जानकारी दिनुभयो । 

तालीममा नेपाल रेडक्रस सोसाइटीको तर्फबाट महेशचन्द्र गौतमको नेतृत्वमा प्रशिक्षक टोली खटाइएको छ । सो टोलीमा अन्जन आचार्य, उत्तम शर्मा , डिवि पछाई र कृष्ण खनाल हुनुहुन्छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!