अचेत भेटिएकी स्याङ्जाकि एक महिलाको मृत्यु

Posted on: 04 Aug, 2016

साउन २०, स्याङ्जा । स्याङ्जाको वालिङ–२ भकुण्डेमा बुधबार दिउँसो अचेत अवस्थामा भेटिएकी महिलाको उपचारका क्रममा ज्यान गएको छ । 

वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक उत्तमप्रकाश बरालका अनुसार भकुण्डे बजारनजिकै धानखेतमा अचेत अवस्थामा भेटिएकी महिलाको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा गएराति ज्यान गएको हो । 

स्याङ्जाको पिडीखोला गाविसको सिस्नेरी घर भई हाल वालिङमा मजदुरी गर्दै आएकी अन्दाजी ३५ वर्षीया लक्ष्मी सार्कीको ज्यान गएको हो । सिद्धार्थ राजमार्गको डिलबाट केही तल धानखेतमा खसेर अचेत अवस्थामा रहेकी महिलालाई प्रहरीले उपचारका लागि वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगेको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!