नेपाली सेनामा जागिर खुल्यो

Posted on: 31 Aug, 2016


भदौ १५, काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदमा दरखास्त आहृवान गरेको छ । पाली सेना भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डाले १५० जना क्याडेटका लागि दरखास्त आहृवान गरेको छ ।

यस्तै महिलातर्फ १३, आदिवासी जनजातितर्फ २२, मधेसी १९, दलित १०, पिछडिएको क्षेत्र ३ र खुलातर्फ ८३  पदका लागि विज्ञापन खोलिएको छ । भदौ १५ गते बुधबारदेखि असोज १३ गतेसम्म  दरखास्त दिन सकिनेछ । छुटेकाहरुले भने दोब्बर दस्तुर तिरेर समय सकिएको एकहप्ता पछि सम्म दरखास्त दिन सक्नेछन् । 

आवेदनका लागि जंगी अड्डढा, भद्रकाली, पूर्वी पृतना हेडक्वाटर इटहरी, मध्य पृतना हेडक्वाटर हेटौडा, पश्चिम पृतना पोखरा, मध्य पश्चिम पृतना सुर्खेत, सुदूर पश्चिम पृतना दिपायमा तोकिएको सेनाले जनाएको छ । दरखास्त सेनाको वेब साइट http://www.nepalarmy.mil.np/ मार्फत अनलाइन फर्म भर्न सकिनेछ ।

यस्तै विभागका अनुसार सबै उम्मेद्वारले खुलातर्फ अनिवार्य रुपले फारम भर्नु पर्नेछ भने फारमको दस्तुर एक हजार रुपैयाँ बुझाउनुपर्नेछ । यदी कुनै उम्मेदवारले समावेशीतर्फ दरखास्त दिन ईच्छुक भए त्यस बापत हरेक समूहको लागि थप २० प्रतिशतका दरले दस्तुर बुझाउनुपर्नेछ । 

यस्तै दरखास्त दिने उम्मेद्वारको शैक्षिक योग्यताको हकमा मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रमाणपत्र तह वा सो सरह स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने छ भने बिदेशमा एसएलसी वा प्रमाणपत्र तहको परीक्षा उत्तीर्ण गर्नेको हकमा अनिवार्य गणित विषय लिएको हुनुपर्नेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!