शैक्षिक सामाग्री वितरण गरेर एकताले मनायो संविधान दिवस

Posted on: 20 Sep, 2016

     असोज ४ पर्वत, । लामो समयय देखि पर्वत जिल्लामा सामाजिक क्षेत्रमा क्रियाशिलता सहित सृजनशिल युवाहरुको जमात रहेको कुश्माको सक्रिय क्लब एकता युबा क्लब द्वारा संबिधान दिबसको अबसरमा कुश्मा नगरपालिका ९ का गरिब, जेहेन्दार।तथा असह्य विद्यार्थीलाई स्टेसनरी सामाग्री ,खेलकुद सामाग्री तथा संबिधान किताब हस्तान्त्रण कार्यक्रम सम्पन्न गरेको छ ।

एकता युबा क्लबले विभिन्न सामाजिक काम हरु गर्दै आएको छ। त्यस्तै आज पनि संबिधान दिबसको अबसरमा कु। न। पा ९ भित्र छरिएर रहेका गरिब, जेहेन्दार तथा असाह्य विद्यार्थीलाई शैक्षिक सामाग्री ,खेलकुद सामाग्री वितरण गरिएको हो ।

उक्त कार्यक्रममा प्रमुख अथितिको रुपमा सहभागी हुनुभएका पर्वतका प्रहरी प्रमुख शेखर खनालले ब्यानर पढेर उद्घाटन गर्नु भयो । साथै उहाँले गरिब, जेहेन्दार तथा असाह्य विद्यार्थीलाई शैक्षिक सामाग्री ,खेलकुद सामाग्री वितरण समेत गर्नुभएको थियो । साथै विशिष्ट अथिति पर्बत जिल्ला काराघारका नेत्र पौडेल यो सामजिक कार्य र सन्देश मुलक कार्यक्रम जुन आज गर्यो आउने दिनमा पनि क्लब ले यस्तै कामहरु लाई निरन्तरता दियोस भन्नु भयो ।

एकता युबा क्लबका अध्यक्ष अच्युत तिवारीको अध्यक्षता मा सम्पन्न भएको उक्त कार्याक्रममा स्वागत मन्तब्य कार्यक्रम संयोजक निर्मल शर्माले दिनु भयो । त्यस्तै जिल्ला बिकाश समितिका सामाजिक बिकाश अधिकृत ले पनि क्लबको एस्तो कार्य को प्रसंसा गर्नु भयो भने कार्यक्रम संचालन गोकुल चापागाई ले गर्नु भएको थियो  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!