ग्रामिण सडक सुचारु नहुँदा गाउँले जनतालाई सास्ती

Posted on: 21 Sep, 2016

केदार शर्मा
असोज ५ पर्वत । ग्रामीण क्षेत्रको भिरालो जमिनमा जथाभावी डोजर, जेसिभिको प्रयोग गरी खनिएका बाटाहरु बर्षात्को समयमा भत्किएका छन् । मोटर गुड्ने भनिएका बाटाहरु भत्किएपछि यातायात सेवा ठप्प भई सर्वसाधारणलाई आवतजावतमा समस्या भएको हो । भत्किएको र पहिरो गएको बाटोमा पैदल हिड्नु परेपछि गाउँले जनतालाई सास्ती भएको छ ।वर्षाको बाढी पहिरोसँगै केही महिनासम्म ग्रामीण सडकहरु अवरुद्ध हुँदै आउने गरेका छन् । गत असार  र साउनको  वर्षात्ले अबरुद्ध भएका आधा दर्जन भन्दा बढि सडकहरु अहिलेसम्म सुचारु नहुँदा आवतजावतमा समस्या परेको छ । जिल्लाको  पाङराङ क्रनास, बाच्छा लगायत गाविसका स्थानीयवासीलाई खाद्यान्नलगायतका सामाग्री ढुवानीमा समस्या भएको छ ।
 सदरमुकाम कुश्मा बजार देखि बाच्छा रानीपानी हुँदै सेतिबेणी जोड्ने सडक वर्षात्को कारण अवरुद्ध हुँदा स्थानीयवासी मारमा परेका हुन् भने चार्डपर्व नजिकिँदै गर्दा झनै समस्यामा परेको पाङराङका स्थानीय राधा कृष्ण पाठकले जानकारी दिए । सडक अवरुद्ध हुँदा जिल्लाको श्रिकाङ,   पाङराङ, क्रनास तथा बाच्छामा पनि दैनिक उपभोग्य सामानको मूल्य बढेको छ । ति गाबिसमा जोड्ने सडक बिभिन्न ठाँउमा पहिरो जाँदा सदरमुकाम देखि ४ दिन लगाएर ट्याक्टरमा सामान ढुवानी गर्नु    परेको स्थानीय ब्यापारीहरुको गुनासो छ । गाविसको टोल(टोलमा सडक पु¥याउने उद्देश्यका साथ खनिएका विभिन्न सडक एकपटक एस्काभेटर लगाएर छोडेको कारण बढी हानी व्यहोर्नुपरेको स्थानीयबासीको ठम्याई छ । सडक विस्तार तथा स्तरोन्नतिका लागि भनी बजेट विनियोजन भएपनि सार्वजनिक नगर्ने तथा ठेकेदारले आफुखुसी कमसल काम गरेकाले यस्तो समस्या आएको सरोकारवालाहरु बताउँछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!