पातिचौरमा सहकारी तालिम शुरु

Posted on: 21 Sep, 2016


असोज ४ पर्वत
। पातिचौरमा एक हप्ते सहकारी व्यवस्थापन तालिम शुरु भएको छ । डिभिजन सहकारी कार्यालय बाग्लुङको आर्थिक सहयोग तथा संजीविनी बहुउद्देश्यीय सहकारीको व्यवस्थापनमा एक हप्ते सहकारी व्यवस्थापन तालिम मंगलबारदेखि शुरु भएको हो ।  
    तालिमबाट सहभागी संचालकहरुले सहकारी व्यवस्थापन सम्बन्धि ज्ञान लिने संजिविनी    सहकारीका अध्यक्ष सागर जिसीले बताए ।     
    मंगलबार भएको तालीम उद्घाटन कार्यक्रममा सहकारी सहायक निरीक्षक     डोलाराम शर्माले पछिल्लो समयमा सहरकारीको संख्या बृद्धि भएता पनि जिल्लामा सहकारीको व्यवस्थापन कमजोरीका कारण सहकारीको समस्या पैदा भएको बताए । कतिपय सहकारी संचालकहरु दर्ता गराउने तर काम नगर्न   े गरेकोमा त्यस्ता केही सहकारी संस्थाहरुको दर्ता खारेज भएको निरीक्षक शर्माले उल्लेख गरे । सहकारीलाई नागरिक मैत्री बनाउनको लागि सहकारी संचालकले ध्यान दिन नसकेको उनको तर्क थियो । कार्यक्रममा हिमाल कफि सहकारीका यामबहादुर केसी, पञ्चकोसी सहकारीकी मिना केसी, अग्रगामी बहुउद्देश्यीय सहकारीका राजेन्द्र खड्का, जनसेवी बहुउद्देश्यीय सहकारीका टेक बहादुर गुरुङ लगायतले बोलेका थिए  भने कार्यक्रममा स्वागत सहकारी निरीक्षक सोमकान्त शर्माले गरेका थिए । उक्त तालिममा १७ भन्दा बढी्र सहकारीका संचालक समितिका अध्यक्ष, सचिव र पदाधिकारी    गरी २६ जना सहभागी छन् । पर्वत जिल्लामा हालसम्म ३ सय ३१ वटा      कसहकारी संस्था दर्ता भएको तथ्यांक छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!