शान्ति दिवसमा माविस्तरीय वक्तृत्वकला

Posted on: 21 Sep, 2016

असोज ५ पर्वत ।
अन्तराष्ट्रिय शान्ति दिवस बुधबार विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइएको छ ।  दिवसको अवसरमा “दिगो शान्ति ः राष्ट्र विकासको आधार” भन्ने नाराका साथ स्थानीय शान्ति समिति पर्वतले बक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ ।  विहान प्रभातफेरी तथा माविस्तरीय बक्तृत्वकला प्रतियोगिताको आयोजना गरी शान्ति समितिले शान्ति दिवस मनाएको हो । कार्यक्रममा प्रम्ुख अतिथि रहेका प्रजिअ शम्भु प्रसाद मरासिनीले स्थायी शान्तिका लागि यससँग सम्बन्धित सबै पक्षको न्यायोचित व्यवस्थापन हुनुपर्नेमा जोड दिए । उनले दिगो शान्तिको लागि राजनीतिक दल तथा सरोकारवाला निकायहरु गम्भिरताका साथ लाग्नुपर्ने बताए । अर्को वक्ता पत्रकार महासंघका अध्यक्ष दुर्गाप्रसाद शर्माले सामाजिक तथा जनजीविकामा पनि प्रभाव पार्ने गरी स्थिरता आए मात्रै दीगो शान्ति स्थापना हुने बताए ।

  बक्तृत्वकला  प्रतियोगितामा नमूना आवसिय मावि कुश्माकी प्रतिशा सुवेदी प्रथम, नारायण उमाविकी सदिक्षा आचार्य द्धितिय र कालीगण्डकी एकेडेमीका मनिष शर्माले तृतीय स्थान हासिल गरे । स्थानिय शान्ति समितिका संयोजक मनोहर वि पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत पूर्व संयोजक प्रकाश पौडेल र संचालन कार्यालय सचिव किशोर सापकोटाले गरेका थिए । संयुक्त राष्ट्रसंघको ५५औं साधारण सभाले सन् २००० देखि हरेक वर्ष सेप्टेम्बर २१ का दिन अन्तर्रा्ष्ट्रिय शान्ति दिवस मनाउने घोषणा गरेको भए पनि नेपालमा भने २०६५ देखि दिवस मनाउन थालिएको हो ।

  दश वर्र्षेे माओवादी जनयुद्ध र २०६२।०६३ को जनआन्दोलनपछि माओवादी र सरकारबिच शान्ति सम्झौता भएसँगै युद्ध रोकिएको हो । युद्धपछिको शान्ति स्थापनाका लागि कतिपय व्यवस्थापन गरिनुपर्ने कुरा भने अझै बाँकी नै छन् । देश शान्ति प्रक्रियामा गएता पनि अस्थीर राजनीतिकका कारण देशमा शान्ति, अमनचयन र सुुरक्षाको पूर्ण अनूभुति गर्न नेपाली जनताले अझै पाएका छैनन् ।  यस शान्ति दिवसको अवसरमा शुभकामना सन्देश दिँदै संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले सबैसँगै हिँड्नका लागि एकअर्कोले हातमा हात मिलाउनु पर्ने बताएका छन् । हरेक मानिसको आत्मसम्मान र समानताका लागि एकअर्काले सहयोग गर्नु पर्ने मुनको भनाइ रहेको छ । यस्तै सामाजिक असमानता, वातावरणीय क्षयिकरण, रोग, भ्रष्टाचार, रंगभेदसहितका कुरा शान्तिका विरोधी रहेकाले त्यसलाई जित्नु पर्नेमा उनको जोड थियो ।

दिवसकै अवसरमा शान्ति तथा पुनःर्निर्माण मन्त्री सीता देवी यादवले शुभकामना दिँदै लामो समयको द्वन्द्व र त्यसपछिको संक्रमणकाललाई व्यवस्थापन गर्न लागि परेको र यसमा सबैको साथको खाँचो रहेको बताएकी छन् । । दीगो शान्तिका लागि आफूहरु निरन्तर प्रयासमा रहेको उनको धारणा थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!