फुटबल खेल उद्घाटन गर्न गएका मन्त्रीलाई जोगाउनै गाह्रो (फोटो फिचर)

Posted on: 17 Oct, 2016

गोपिकृष्ण चापागाई | कात्तिक १, नवलपरासी । नवलपरासीको मध्यबिन्दु नगरपालीका २ स्थित कोल्हुवामा सोमबारबाट राईनो संरक्षण गोल्डकप शुरु भयो । उद्घाटन समारोहका प्रमुख आकर्षक नेपाल सरकारका बन तथा भू संरक्षण मन्त्रि शंकर भण्डारी  प्रमुथ अतिथि रुपमा थिए । 

बन्यजन्तु संरक्षणमा जनचेतना फैलाउने मुल उद्देश्यका साथमा गरीएको फुटबल प्रतियोगीता भएकोले पनि कार्यक्रममा बनमन्त्रीलाई प्रमुख अतिथिको रुपमा बोलाइएको थियो । कार्यक्रम शुरु हुनु भन्दा लामो समय अघिनै महिला समुहका सयौं महिलाहरु दिउँसोको घाममा छाता ओडेरै भएपनि मन्त्रीको स्वागतका लागी फुलमाला लिएर कुरीरहेका थिए । 

करिब चालिस मिनेट भन्दा माथिको कुराईपछि बन मन्त्री भण्डारीको आगमन भयो र सयौं महिला तथा पुरुषहरुले हातमा भएको फुलमाला मन्त्री भण्डारीको घाँटीमा लगाइदिन थाले । करिब दर्जन महिलाहरुको हातको माला मन्त्रीको घाँटीमा पुग्नासाथ मन्त्री ज्यूलाई जोगाउन नै हम्मे हम्मे नै पर्यो ।


फुलका गुच्छाहरु एक एक गरेर मन्त्रीको टाउकोमा फाल्दा आँखामा परेपछि मन्त्री हिड्न सकेनन् र अन्यले फुल नफाल्नुस भन्दै चिच्चाउन थाले अनि रोकियो फुलमाला लगाईदिने कार्य । त्यसपछि मन्त्रीको आँखामा परेको फुलमाला बल्ल बल्ल निकाले पछि मन्त्री कार्यक्रम तर्फ लागे । कार्यक्रममा सोफामा सहज तरिकाले बसे झैं देखिएपनि मन्त्रीले बेला बेलामा रुमालले आँखा पुछिरहेका थिए ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!