पश्चिमाञ्चल क्रिकेट प्रतियोगिता हुदै

Posted on: 25 Oct, 2016

कार्तिक ९ पर्वत ।  पर्वतमा पश्चिमाञ्चल स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । नमुना वेलफेयर क्लवद्धारा अहिले सम्मकै ठुलो      धनराशीको पश्चिमाञ्चल स्तरिय क्रिकेट प्रतियोगिता हुन लागेको  हो ।
    हिन्दुहरुमा दोस्रो ठूलो पर्व शुभ दिपावलीको अबसरपारी यहि कार्तिक ९ गतेबाट उक्त प्रतियोगिताको आयोजना हुन लागेको  नमुना वेलफेयर क्लव अध्यक्ष अर्पण केसीले बताए ।
     विद्यार्थीमा भएको अन्तरनिहित प्रतिभाको प्रष्फ्ुटन गराउनको साथी विद्यार्थीहरुको व्यक्तित्व, नेतृत्व क्षमता विकासको लागि पनि उक्त प्रतियोगिताको आयोजना गरिएको उनको तर्क छ ।
    यहि कार्तिक ९ गते देखि १३ गते सम्म कुश्मा बजारको शसत्र चण्डीका गणको खेल मैदानमा आयोजना गर्न लागिएको कार्यक्रमको हालसम्मको तयारी सकिएको र अब बाकि केहि प्राबिधिक तयारीको काम मात्रै रहेको नमुना स्टुडेण्ट वेलफेयर क्लव सल्लाहाकार सुबास     गिरीले जानकारी दिए ।
क्रिकेट प्रतियोगिताको प्रथम पुरस्कार २६,६६६ रुपैया ट्रफी मेडल र प्रमाणपत्र, दोस्रो १३,३३३ रुपैया, ट्रफी मेडल र प्रमाणपत्र रहेको छ भने खेलमा सहभागी हुनको लागि टिम दर्ता शुल्क २८०० रुपैया रहेको धनराज सुबेदीले बताए । प्रतियोगिताको मिडिया पाटर्नरको रुपमा    सहारा न्युज दैनिक, सुचनाकेन्द्र डटकम,  कालिगण्डकी टिभी, र शालीग्राम एफ एम रहेका    छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!