पश्चिमाञ्चल स्तरीय क्रिकेट प्रतियोगिता शुरु, १६ टिम सहभागी

Posted on: 26 Oct, 2016

कार्तिक १० पर्वत ।नमुना स्टुडेण्ट वेलफेयर क्लवद्धारा पर्वतमा पश्चिमाञ्चल स्तरिय नमुना क्रिकेट कप २०७३ को शुरु भएको छ ।  शसस्त्र प्रहरी बल चण्डीका गणको खेल मैदानमा शुरु भएको खेलको गणपती एस.पि. सुदर्शन   सिलवालले उद्घाटन गरे ।
    कार्यक्रमको बोल्दै गणपती सिलवालले खेलकुदले मानिसको अतिरिक्त क्षमता बिकास गर्ने बताए । उनले खेलको माध्यमबाट अनुशासन र व्यक्तित्व विकासका साथै विद्यार्थीहरुमा आफ्नो जिम्मेवारी बोध र लगनशीलता जगाउने बताए । उनले खेलको माध्यमबाट  विद्यार्थीहरुको आत्मानुशानको मुल्याङकन हुनुका साथै नेतृत्वको विकास गर्ने भएकोले खेल अपिहार्य रहेको उनको भनाई थियो ।
पर्वतमा हालसम्मकै सबै भन्दा ठुलो धनराशीको रहेको क्रिकेट प्रतियोगितामा १६ टिमले भाग लिएको आयोजक संस्था नमुना स्टुडेण्ट वेलफेयर क्लवका सदस्य सुवास गिरीले बताए ।मंगलबार देखि शुरु भएको प्रतियोगिता कार्तिक १३ गते सम्म चल्नेछ ।
 उद्घाटन कार्यक्रममा   प्याव्सन पर्वतका अध्यक्ष हिम बहादुर पौडेल, नमुना आवासिय उच्च माबिका प्रिन्सीपल ईन्द्रमान खत्री, लगायतले  विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासका साथै एकताको लागि खेलको माध्यमबाट सन्देश दिन खोजेको बताए ।
नमुना स्टुडेण्ट वेलफेयर क्लवका अध्यक्ष अर्पण केसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत सचिव धनराज सुवेदी र संचालन क्लवकी सदस्य   सरिता अधिकारीले गरेकी थिईन । खेलमा विजेता हुनेले २६ हजार ६ सय ६६ र उपविजेताले १३ हजार ३ सय ३३ नगद पाउने छ । खेल १५ ओभरको हुनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!