लाओसलाई हराउँदै नेपाल सोलिडारिटी कप फुटबलको फाइनलमा

Posted on: 12 Nov, 2016


कात्तिक २७, काठमाडौँ । गोलकिपर किरण चेम्जोङको नायकत्व प्रदर्शनका कारण टाइब्रेकरमा लाओसलाई ३–० ले पराजित गर्दै नेपाल एएफसी सोलिडारिटी कपको फाइनलमा प्रवेश गरेको छ ।

यसअघि खेलमा सुरुवाती अग्रता भने लाओसले लिएको थियो । खेलको १८ औं मिनेटमा लाओसका चामपान्थोङले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, त्यो अग्रता लाओसले टिकाइराख्न सकेन । 

खेलको ४७ औं मिनेटमा नेपालका लागि बिमल घर्तीमगरले गोल गर्दै खेल १–१ गोलको बराबरी ल्याए।

निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरित्त समयमा धकेलियो । खेलको १०४ औं मिनेटमा हेमन गुरुङले मिलाएको पासमा हेडमार्फत अनन्त तामाङले हेडमार्फत उत्कृष्ट गोल गरेपछि नेपालले २–१ गोल अग्रता लिएको थियो । 

तर खेलको ११७ औं मिनेटमा लाओसका लागि चामपान्थोङले गोल दोस्रो गोल गरेपछि खेल २–२ गोलको बराबरीमा सकिएको थियो । नेपालले अब उपाधिका लागि मकाउ र ब्रुनाईबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!