सोलिडारिटी कपको फाइनल खेल केहिबेरमा सुरु हुँदै, यसरि खेल्दैछ नेपालले

Posted on: 15 Nov, 2016

कात्तिक ३०, काठमाडौं । एएफसी सोलिडारिटी कपको फाइनल खेल केहि बेरमा सुरु हुँदैछ । 

नेपालले मकाउविरूद्धको फाइनल खेलका लागि सेमिफाइनलकै टिमलाई अगाडी सारेको छ ।  कप्तान विराज महर्जनको नेतृत्वमा उत्रिन लागेको नेपाली टिममा गोलरक्षक किरण चेम्जोङ  रहेका छन् भने डिफेन्डरमा विराजलाई रबिन श्रेष्ठ, अनन्त तामाङ र आदित्य चौधरीलाई अगाडी सारेको छ । 

यस्तै, मिडफिल्डमा विक्रम लामा, अन्जन बिष्ट र सुजल श्रेष्ठ  रहेका छन् भने आक्रामक मिडफिल्डरको रुपमा विमल घर्तीमगर रहेका छन् । यस्तै स्ट्राइकरको रुपमा भरत खवास र नवयुग श्रेष्ठ रहेका छन् । खेल नेपाली समय अनुसार ५: १५ बजेबाट सुरु हुनेछ ।

लाइभ हेर्नुहोस !

यस बिषयमा तपाइको प्रतिक्रिया...!