मैत्रीपूर्ण खेलमा नेपालले जापानलाई हरायो

Posted on: 19 Nov, 2016

मङ्सिर ४, काठमाडौँ  । नेपालले फ्रेन्ड्स अफ जापानमाथि जित हात पारेको छ । 

शनिबार भएको च्यारिटी खेलमा नेपालले फ्रेन्ड्स अफ जापानमाथि १-० को जित हात पारेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालका नवयुग श्रेष्ठले विजयी गोल गरे ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र जापानको गैरसरकारी संस्था कलरबाथको संयुक्त आयोजनामा भएका खेलमा नवयुगले खेलको ५७ औं मिनेटमा गोल गरेका हुन् ।

जे लिगमा खेल्ने तथा विश्वभर व्यावसायिक फुटबल खेल्ने जापानी खेलाडी सहभागि रहेको प्रतियोगितामा नेपालले प्रभावशाली जित दर्ता गरेको हो । नेपाल–जापान कूटनीतिक सम्बन्ध ६० औँ वर्षमा प्रवेश गरेका अवसरमा उक्त  ‘च्यारिटी’ फुटबल खेल भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!