सङ्कटा क्लबलाई लक्ष्मी हुण्डाईं मनाङ् मस्र्याङ्दीले हरायो

Posted on: 22 Nov, 2016


मङ्सिर ७, कनकाई । झापाको सुरुङ्गामा जारी सहारा सुरुङ्गा गोल्डकप फुटबल प्रतियोगितामा सीएमजी सङ्कटा क्लबलाई लक्ष्मी हुण्डाईं मनाङ् मस्र्याङ्दीले हराएको छ । र, अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको छ । 

मंगलबार कनकाई माविको खेल मैदानमा भएको खेलमा १–० गोल अन्तरले सङ्कटालाई मनाङ् मस्र्याङ्दीले हराएको हो । दोस्रो हाफको ७औं मिनेटमा मनाङ् मस्र्याङ्दीका तर्फबाट ओलावालेले गरेको गोल नै निर्णायक बन्यो । 

निक्कै प्रतिष्पर्धात्मक बनेको खेलमा उत्कृष्ट प्रर्दशन गरेका मनाङ् मस्र्याङ्दीका हेमन गुरुङ म्यान अफ द म्याच घोषित भए । उनले मेची मोबायलको तर्फबाट १६ हजार रुपैयाँ बराबरको मोबयल पाए ।

सेमिफाइनल अन्तरगतको पहिलो खेल बुधबार विभागिय टिमद्वय नेपाल पुलिस क्लब र एपीएफ बीच हुने आयोजक सुरुङ्गा जेसीजका महासचिव रामप्रसाद निरौलाले बताए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!