राष्ट्रिय तेक्वान्दोको उपाधि आयोजकका दिनेशलाई

Posted on: 04 Dec, 2016

कृष्ण कँडेल, मंसिर १९, बागलुङ । बागलुङको बुर्तिबाङमा शनिवार भएको चौथो राष्ट्रिय प्रोफेसनल तेक्वान्दो आईटिएफ च्याम्पियनसिपको उपाधि आयोजकका दिनेश बुढा मगरले जीतेका छन् । 

प्रतियोगितामा नेपाल एपिएफ क्लवका गोविन्द खत्री उपविजेता भए । तृतिय पुर्वाञ्चलका दोर्णबहादुर मगर भएका प्रतियोगिताका रेफ्रि संयोजक प्रविणकुमार कार्कीले जानकारी दिए । 

नेपाल आइटिएफ ब्ल्याकबेल्ट कमिटिको आयोजना र बागलुङ आइटिएफ तेक्वान्दो संघलको सहआयोजनामा भएको प्रतियोगितामा आठ ओटा राष्ट्रिय टिम सहभागी थिए । 

च्यम्पियनशिपमा ५ विकास क्षेत्र, आयोजक तथा दुइ बिभागिय टोली नेपाल आर्मि क्लव र नेपाल एपिएफ सहभागी भएका प्रतियोगिता संयोजक तथा नेपाल आईटिएफ राष्ट्रिय ब्ल्याकबेल्ट कमिटिका केन्द्रिय अध्यक्ष घमबहादुर थापाले जानकारी दिएका छन् । प्रतियोगितामा ५७ केजीदेखि ६४ केजी समुहका खेलाडीले प्रतिष्पर्धा गरेका थिए । 

प्रतियोगितामा विजेता, उपविजेता र तृतिय हुने खेलाडीलाई क्रमश ६ सय, ३ सय र २ सय अमेरिक डलर सहित ट्रफि, मेडल र प्रमाण पत्रले पुरस्कृत गरिएको थियो । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!