१५औं आहा रारा गोल्ड कप माघको दोस्रो साता हुने

Posted on: 04 Dec, 2016


मंसिर १९, पोखरा । पोखरामा सञ्चालन हुने आहा रारा गोल्ड कप फुटवल प्रतियोगिता माघको दोस्रो साता हुने भएको छ । 

सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा संचालन हुने १५ औं अन्तर्राष्ट्रि«य अन्तर क्लब आमन्त्रित नकाउट फुटवल प्रतियोगितामा माघ ४ गते देखि १५ गते सम्म सञ्चालन हुने क्लबले आइतबार पोखरामा पत्रकार सम्मलन गरि जानकारी दिएको छ ।

प्रतियोगितामा विदेशी तीन सहित १२ टिमको सहभागिता जनाउने क्लबका अध्यक्ष विरभद्र आर्चायले जानकारी दिए । पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा विकास गर्ने उद्देश्यले हुदै आएको प्रतियोगितामा विदेशी तीन टिम, विभागिय तीन टिम आयोजक एक र राष्ट्रिय स्तरका उत्कृष्ट ५ क्लहरुको सहभागीता रहने क्वलका महासचिव केशव राज बरालले जानकारी दिए ।

प्रतियोगिता संचालन गर्न ८३ लाख ९२ हजार ३ सय रुपैयाँ लाग्ने अनुमान गरिएको छ भने प्रतियोगिताको आम्दानी एक करोड ७ लाख ८२ हजार रुपैयाँ हुने अनुमान गरिएको क्लवका महासचिव बरालले बताए । 

हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा तथा रारा चाउचाउ प्रतियोगिताको मुख्य प्रायोजन रहेको छ । माइक्रो म्याक्स मोवाइल उप प्रयोजक रहेको प्रतियोगिताको संयोजन पोखरा उपमहानगर पालिकाले गर्ने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!