एसीसी यू–१९ एसिया कप क्रिकेटको कप्तानमा सन्दिप लामिछाने

Posted on: 05 Dec, 2016

मंसिर २०, काठमाडौं । एसीसी अन्डर १९ एसिया कप क्रिकेटको कप्तानीको जिम्मेवारी सन्दिप लामिछानेले सम्हाल्ने भएका छन् ।

आगामी डिसेम्बर १३ देखि श्रीलंकामा हुने एशिया कपका लागि सन्दिप लामिछानेको कम्तानीमा अभिनाश कर्ण, आसिफ शेख, दिपेन्द्रसिंह ऐरी तथा सन्दिप सुनार रहेका छन् ।

अरु खेलाडीमा रविन्द्रजंग शाही, आदिल खान, भीम सार्की, अनिलकुमार शाह, पवन सर्राफ, सुवर्णकर उराव, कमलसिंह ऐरी, नन्दन यादव, प्रकाश केसी र रोहितकुमार पौडेल छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!