पोखराको क्रिकेट खेलमा लम्जुङ्ग विरुद्ध गुल्मीको सानदार जित

Posted on: 06 Dec, 2016

प्रेम सुनार । मंसिर–२१, गुल्मी । ७ औ राष्टिय खेलकुद प्रतियोगिता २०७३ का लागि पोखरामा जारी पश्चिमाञ्चल स्तरिय छनौट  प्रतियोगिताको क्रिकेट खेलमा गुल्मीले लम्जुङ्गलाई हराएर शानदार जित हाँसिल गरेको छ ।  लम्जुङ्ग माथी गुल्मीको आठ विकेटको जितमा 20–20 ओभरको खेल भएको थियो । 

त्यसमा  गुल्मीका रमेश श्रीस्को कप्तानी रहेको टिमले लम्जुङ्गले दिएको ९६ रनको लक्ष्यलाई दुई विकेटको  क्षतिमा १२ ओभरमैं हाँसिल गरेर गुल्मीले लम्जुङ्गलाई हराएर शानदार जित हाँसिल गरेको थियो ।  उक्त खेलमा म्यान अफ द म्याच  गुल्मीका सुसन्देश पुनले निरन्तर ४६ रन प्रहार गरेका थिए । गुल्मेली टिमको रोमञ्चक क्रिकेट खेल प्रदर्शनले पोखराको खेल मैदानमा ताली र वाहवाहीले गुञ्जायमान बनेको थियो ।

अन्य  खेलमा पनि गुल्मीको उत्कृष्ट प्रदर्शन चलिरहेको जिल्ला खेलकुद विकास समिति गुल्मीका उपाध्यक्ष समेत रहेका रमेश श्रीस्ले जानकारी दिए । जिल्ला खेलकुद विकास समिति गुल्मीका कार्यालय प्रमुख दिपक केसी सहित  विभिन्न विधामा भिड्नका लागि पोखरामा गुल्मीबाट करिव २ सय ५० जनाको खेलाडी टोली पुगेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णप्रसाद भण्डारीले जानकारी दिए । 

यसै विच क्षेत्रिय व्याडमिन्ट प्रतियोगिताका लागि १६ वटा जिल्लाका खेलाडीहरुको जमघट गुल्मीमा हुने भएको छ । समितिका अध्यक्ष भण्डारीले दिएको जानकारी अनुसार यहि मंसिर २३ गते देखि २७ गते सम्म जिल्ला विकास समितिको गर्भडहलमा क्षेत्रिय व्याडमिन्टन प्रतियोगिता हुने र त्यहाँ १६ वटा जिल्लाका खेलाडीहरु भिड्ने भएका छन्  । 


 खेलहरु मध्ये वर्तमान पिढीलाई  निकै आकर्षक पारेको व्याडमिन्टल खेलमा १६ जिल्लाका खेलाडीहरु आई पुग्दा यहाँको पर्यटन विकास र व्यापारमा समेत थप टेवा मिल्ने आँकलन गरिएको छ ।

यस अवसरमा धार्मिक र  पर्यटकिय स्थल रेसुङ्गा लगायत सदरमुकाम तम्घासलाई सफा राख्न सवैले दायित्वबोध गर्नु पर्ने देखिएको छ । 

माथिको तस्वीरमा: पोखरामा सामुहिक तस्वीर खिचाउँदै कम्तान रमेश श्रीस् सहित गुल्मीको क्रिकेट खेलाडीको टिम  

यस बिषयमा तपाइको प्रतिक्रिया...!