लुम्बिनी खुकुरी क्लब क्वाटरफाइनलमा

Posted on: 11 Dec, 2016

मंसिर २६, बुटवल । फर्साटिकर युवा क्लबको आयोजनामा रुपन्देहीको फर्साटिकरमा जारी टेन्सवर्ग चौंथो फर्साटिकर कप–२०७३ फुटबल प्रतियोगिता अन्तरगत आइतबार सम्पन्न लुम्बिनी खुकुरी क्लब भैरहवा र झरना एफ.सी. कुञ्जलापुरबीचको प्रतिस्पर्धामा शुन्य का विरुद्ध २ गोल गर्र्दै लुम्बिनी खुकुरी क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । लुम्बिनी खुकुरी क्लबका तर्फबाट खेलको पहिलो हाफको ३१औं मिनेटमा जर्सि नं. ७ सिजन थापा र पहिलो हाफकै ३३औं मिनेटमा जर्सि नं. १० सुवास तामाङ्गले १÷१ गोल गर्दै खेललाई शुन्यका विरुद्ध २ गोल अन्तरले अग्रता दिलाए । लुम्बिनी खुकुरी क्लबको जीतसँगै खेल अवधीभर कुनै गर्न नसकेपछि झरना एफ.सी. खेलबाट बाहिरिएको छ ।

 खेलमा उत्कृष्टता प्रस्तुत गर्दै लुम्बिनी खुकुरी क्लबका जर्सि नं. १० सुवास तामाङ्ग म्यान अफ द म्याच घोषित भए र उनलाई जिल्ला फुटबल संघ, रुपन्देहीका महासचिव लोक बहादुर पुनले पुरस्कारको कप प्रदान गर्नुभयो । पुस ९ गते सम्म चल्ने प्रतियोगितामा सोमबार लिस्नु क्लब, कोटिहवा र सुनौलो संगम, देवीनगरबीच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक महेश मल्लले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!