अन्तराष्ट्रिय करातेमा इलामेली खेलाडीलाई ६ स्वर्ण र २ रजत

Posted on: 12 Dec, 2016

मंसिर २७, इलाम । भारतको गोवामा सम्पन्न प्रथम अन्तराष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी इलामका खेलाडीहरुले ६ स्वर्ण र २ रजत पदक जितेका छन । नेपाली टिमको प्रतिनिधित्व गर्दै गोवा गएका इलामका एलिसा धामीले २ स्वर्ण, आकाश yfkf, भुपाल du/ १/१ स्वर्ण, समिक्षा लेप्चा र अरुण सुव्वाले स्वर्ण सहित रजत पदक प्राप्त गरेको कराँतेका अन्तराष्ट्रिय रेफ्री योगेश चाम्लीङ राईले जानकारी दिनुभयो । प्रतियोगिता डिसेम्वर ९ तारिक देखी ११ तारिकसम्म गोवाको कम्पल इन्डोर स्टेडियममा संचालन भएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!