सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जुम्लाका चार जना खेलाडि छनोट

Posted on: 14 Dec, 2016

नन्दराम जैशी | मंसिर २९, जुम्ला | आगामि पौष महिनामा पुर्वाञ्चलको विराटनगरमा संचालन हुने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जुम्लाका ४ जना खेलाडि छनोट भएका छन् । 

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली स्पोर्टस क्लब जुम्लामा आबद्ध ४र जना खेलाडि एथेलिटिक्स प्रतियोगिताका लागि छनोट भएका हुन् । जसमा पुरुष तर्फ लोक बहादुर भण्डारी, महिला तर्फ सुनमाया बुढा, सिता न्यौपाने र पुर्णलक्ष्मी न्यौपाने छनोट हुनु भएको छ । 

यसैबिच नेपालगंजमा जारी सातौँ क्षेत्रिय रनिङ्ग शिल्ड प्रतियोगिता अन्र्तगत मंगलबार सम्पन्न भएको १० हजार मिटर पुरुष दौड प्रतियोगितामा जुम्लाका लोक बहादुर भण्डारी प्रथम हुनु भएको छ । उक्त प्रतियोगितामा जुम्लाकै नरेश रावत चौथो हुन सफल भएको कर्णाली स्पोट्स क्लब जुम्लाका अध्यक्ष सरोज शाहीले नेपालगंजबाट जानकारी दिनुभयो ।   

शाहिका अनुसार सातौँ क्षेत्रिय रनिङ्ग शिल्ड प्रतियोगितामा जुम्ला द्धितिय भएको छ । प्रथम, बर्दिया, द्धितिय जुम्ला र तृतिय जाजरकोट भएको उहाले बताउनुभयो । प्रतियोगितामा ६ स्वर्ण र ३ रजत पदक प्राप्त गरेर जुम्ला द्धितिय हुन सफल भएको हो । 

यस्तै महिला तर्फको १० हजार मिटर दौड प्रतियोगितामा जुम्लाकि सुनमाया बुढा प्रथम हुनु भएको छ, भने उक्त दौड प्रतियोगिता मै जुम्लाकि पुर्णलक्ष्मी न्यौपाने द्धितिय हुनु भएको छ । प्रतियोगितामा सहभागी मध्यपश्चिमांचलका १४ जिल्लाका प्रतियोगीलाई पछि पार्दै १० हजार मिटर पुरुष र महिला दौड प्रतियोगितामा जुम्लाका खेलाडि विजयि भएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!