एसीसी यु १९ एशिया कप क्रिकेट: नेपालसामू २२८ रनको लक्ष्य (LIVE)

Posted on: 15 Dec, 2016

मंसिर ३०, काठमाडौं । श्रीलंकामा आजदेखि सुरु भएको एसीसी यु १९ एशिया कप क्रिकेटको पहिलो खेलमा नेपालले घरेलु टोलीबाट २२८ रनको बिजयलक्ष्य पाएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २२७ रनको योगफल बनाएको थियो । उसका लागि हसिथा बोयागोडाले सर्बाधिक ८३ रनको योगदान दिए ।

इनिङको पहिलो बलमै पहिलो विकेट गुमाएको श्रीलंकाका लागि रविन केली र बोयागोडाले दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । 

लाइभ हेर्नुहोस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!