यु-१९ एसिया कप: नेपालको लगातार दोश्रो हार

Posted on: 16 Dec, 2016

पुस १, काठमाडौँ | श्रीलंकामा जारी यु-१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग ६ विकेटले पराजित भएको छ | पहिले टस जितेर ब्याटिंग रोजेको नेपालले दिएको १७३ रनको बिजयी लक्ष भारतले ३३.३ ओभरको समाप्तिमा ४ विकेटको क्षेतिमा पुरा गरेको हो | 

खेलमा भारतका शुभमान गिलले ६३ बलमा सर्वाधिक ५७ रन, हिमांशु रानाले ६१ बलमा ५१ रन र प्रियम रागले ४२ बलमा ३६ रन बनाए । यी तीन खेलाडीहरुको बलियो ब्याटिंगको सहायताले भारतलाई आजखो खेल जित्न निकै सहज बन्यो । खेलमा भारतको ४ विकेट लिने क्रममा नेपालका पवन सर्राफले तीन र सन्दिप लामिछानेले एक विकेट लिए ।

यस अघि नेपालका लागि रोहित कुमार पौडेलले ९३ बलमा सर्वाधिक ६८ रन बनाए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले ६२ बलमा ३४ रन बनाएर आउट भए । त्यस्तै आरिफ सेखले ३२ बलमा १८ रन, प्रकाश केशीले १८ बलमा १३ रन, शुभाङ्कर उरावले ७ बलमा ९ रन, सन्दिप सुनारले ३५ बलमा ७ रन र पवन सरार्फले १७ बलमा जम्मा २ रन मात्र बनाए । नेपालले विकेट गुमाउने क्रममा भारतका राहुल चाहारले पाँच विकेट लिएका थिए ।

अब नेपालले आइतबार मलेसियासँग खेल्नेछ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!