सन् २०१६: खेल संसारमा घटे यस्ता खतरनाक घटना (तश्विर सहित)

Posted on: 31 Dec, 2016

सास | पुस १५, काठमाडौँ | अंग्रेजी बर्षको आज अन्तिम दिन, यो बर्ष खेल संसारमा धेरै त्यस्ता घटना घटे जसको बारेमा तश्विर सहित तपाइलाई हामीले जानकारी गराउन गईरहेका छौं । यो बर्षका बिभिन्न घटनाका कारण केहि स्पोर्ट्स स्टार्सहरुलाई गम्भीर चोट पुगेको छ भने कतिपय घटनापछी आफ्नो खेलमा फर्कन नसक्ने गरि घरमै आराम गर्दैछन् | हेरौं त्यस्ता तश्विर तथा त्यसको जानकारीहरु:  


तश्विर १: यस बर्ष भएको रियो ओलिम्पिक खेलमा फ्रान्सका एथलीट समीर ऐट सैदको खुट्टा भाच्चिएको थियो । खेल हुँदै गर्दा खुट्टाको ब्यालेन्स मिलाउन नसक्दा उनको खुट्टा भाच्चिएको हो । जब उसलाई स्टेचरमा राखेर उपचार गर्न लगियो तब स्टेचरबाट समेत लडेका थिए । 


तश्विर २: यी भारतकि एक खेलाडी हुन । यिनकै कारण रियो ओलिम्पिकमा भारतले २ महत्वपूर्ण मेडल गुमाउन पुग्यो । यिनको नाम विनेश फोगाट हो । यिनले रेसलिंगमा लड्दा चीनकी सुन यानानलाई क्वार्टर फाइनलमा १-० अन्तरले पछाडी पर्दै खेल खेल्दै थिइन् तब युनानले आफ्नो बलियो दाउमा यिनलाई कस्दा पुरै खुट्टा घुम्न पुग्यो | त्यसपछि यिनी उठ्न समेत सकिनन् र स्टेचरमा हालेर उपचारको लागि लगियो।


तश्विर ३:  १९५ किलोग्रामको तौल उठाउने क्रममा अर्मेनियाका वेटलिफ्टर  एन्ड्रानिक करापेत्यानको हात भाचियो । यो घटना पनि रियो ओलिम्पिकमै भएको हो । जब यिनले १९५ किलोको तौल उठाउँदै थिए तब उक्त भार टाउको पछाडी गयो तब उनले कन्ट्रोल गर्न खोज्दा तौलको पुरै भार हाततिर पर्यो । तब उनले धान्न सकेनन् र उनको हातको कुहिनो खुस्कियो । 


तश्विर ४:  रेफ्रीको फैशलाबाट रिसाएका खेलाडीले रेफ्रीलाई मारिदिए । मेक्सिकोमा फुटबल म्याचको क्रममा यो घटना भएको थियो, जहाँ एक खेलाडी (रुबेन)ले रेफ्रीलाई फील्डमै हत्या गरेका थिए। रेफ्रीले टि खेलाडीलाई रेड कार्ड देखायेपछी रिसाएका उनले रेफ्रीलाई टाउकोले जोडदार ठक्कर दिए । जसको कारण रेफ्रीको मृत्यु भयो ।


तश्विर ५: ब्रिसबेनमा खेल्दै गरेका वुमन्स एलन बर्डर ट्रफी क्रिकेट खेलमा दुई महिला क्रिकेटरहरु निकै खतरनाक तरिकाले एक आपसमा ठोक्किएका थिए । क्रिकेट बल क्याच गर्न गएका उनीहरुबीच दौडने क्रममा ठक्कर खाँदा एक्कासी लडेर दुवैजना बेहोश भएका थिए ।


तश्विर ६: इंग्ल्याण्डमा भएको एक खेलमा इंग्ल्याण्डका पूर्व रग्बी कप्तान तथा हरलीक्वेन्सका खेलाडी जेम्स हरविलको औंला भाच्चिएको थियो ।


तश्विर ७:  बोलेभियाविरूद्ध फुटबल वर्ल्ड कप क्वालिफायर म्याचमा ब्राजीलका विश्व प्रख्यात खेलाडी नेईमार घाइते बनेका थिए । म्याचको ६३ औं मिनटमा नेईमारलाई बोलेभियाका यासमनीको हातको कुहिनो नेईमारको कन्चटमा लाग्यो । तब उनि मैदानमा ढलेका थिए ।  उनको कन्चटमा गम्भीर चोट लागेको थियो । 


तश्विर ८: अमेरिकाका बेसबल खेलाडी काइल थमसनको गर्दनमा १४३ किलोको बारबेलले थिच्दा मृत्यु भएको थियो । उनि मात्र २२ बर्षका थिए । उनले लोड उचाल्ने क्रममा हातबाट चिप्लिएर आफैलाई थिच्न पुगेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!