आठौँ राष्ट्रिय खेलकुद प्रतियोगीता नेपालगञ्जमा हुने घोषणापछी मुगुमा खुसियाली

Posted on: 01 Jan, 2017

नन्द बहादुर रोकाया | पुस १७, मुगु  | आठौँ राष्ट्रिय खेलकुद प्रतियोगीता नेपालगञ्जमा हुने घोषणाको खुसीयालीमा मुगुमा दिप प्रज्वलन गरिएको छ ।  

पुर्वाञ्चलका बिभिन्न जिल्लाहरुमा शुक्रबार मात्रै सकिएको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पछी हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगीता २०७५ आउदोँ सस्करण मध्यपश्चिमाञ्चलको नेपालगञ्जमा गर्ने घोषणा भएसगैँ  त्यसैको खुसीयालीमा शनिबार साझँ मुगु जिल्ला सदरमुकामगमगढीमा जिल्ला भलीबल सघं मुगु र लोकतान्त्रीक खेलकुल संघको आयोजनामा दिप प्रज्वलन् गरिएको जिल्ला भलिवल सघं मुगुका अध्यक्ष पिआर मल्लले बताउनुभयो । उहाँका अनुसार मध्य पश्चिमा दोस्रो पटक आठौँ राष्ट्रिय खेलकुद प्रतियोगीता हुने घोषणाले मुगु सहित मध्यपश्चिमाञ्चलका खेलाडी हर्षित भएका छन् । 'स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद' गौरव गर्ने विषय भएकाले राज्यले पनि खेलकुदलाई अझ विकसित तुल्याउनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणमा जोड दिन सके खेलक्षेत्रमा बिकास हुने मल्लको भनाइ थियो । 

कार्यक्रमा बोल्दै स्थानीय बिकास अधिकारी बिजय राज पौडलले अब मध्यपश्चिमाञ्चलमा आठौं राष्ट्रिय खेल हुने भएकाले त्यसका लागि लागि आजैदेखि खेलाडीलाई तयारीमा लाग्न सुझाब दिनु भएको छ । उहाँले खेलक्षेत्रको बिकासका लागी जिल्ला बिकास समिती मुगुले गर्नेकाम पुर्ण रुपमा सहयोग गर्ने बचन बद्धता समेत गनुभएको छ । दिप प्रज्वलन कार्यक्रमा सहभागी सबैले खेलक्षेत्र लाई राजनैतिककरण नगर्न समेत आग्रह गरेका छन । खेलक्षेत्र लाई राजनिती सगं जोडेमा खेलक्षेत्रको बिकास असम्भब हुने उपस्थित सबैको भनाई छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!