अपडेटः भारतविरूद्ध नेपालले हान्यो गोल

Posted on: 02 Jan, 2017


पुस १८, काठमाडौँ । नेपाली फरवार्ड सावित्रा भण्डारीले पेनाल्टीबाट गोल गरेकी छिन् ।

उनले ७५ मिनेटमा पाएको पेनाल्टीको अवसरलाई गोलमा परिणत गरेकी हुन् ।अहिलेसम्म ७७ मिनेटको खेल सकिदा नेपाल २–१ ले मात्र पछाडि रहेको छ ।


भारतको सिलगुढीमा जारी चौथो महिला साफ च्याम्पियनसिपअन्तर्गत अहिले भइरहेको पहिलो सेमिफाइनलमा आयोजक भारतले नेपालमाथि २-० को अग्रता लिएको छ ।

भारतीय मिडफिल्डर इन्दुमतिले नेपालको अफ ट्रयाप तोड्दै गोल गरेकी छिन । कञ्चनजंघा रंगशालामा भइरहेको खेलमा भारतले खेलको ५८ औं मिनेटमा दोब्बर बनाएको हो । 

यसअघि पहिलो हाफको अन्त्यतिर कमलादेवीको गोलसँगै भारतले खेलमा अग्रता लिएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!