साफ वुमन्स फुटबल: भारतसँग नेपालको लगातार छैटौ हार

Posted on: 02 Jan, 2017

पुस १८, काठमाडौँ । चौथो साफ वुमन्स च्याम्पियनसिप फुटबल खेल अन्तर्गत सोमबार भएको खेलमा भारतले नेपाललाई ३-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

नेपालको हारसंगै यो नेपालका लागि भारतसंगको लगातर छैटौ हार बन्न पुगेको छ । सिलिगुडीस्थित कञ्चनजंगा रंगशालामा आज भएको पहिलो सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको हो । 

पहिलो हाफको अन्त्यतिर भारतको लागि कमलादेवीले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । दोस्रो हाफमा फर्किएपछि खेल सम्हाल्न नसक्दा ५८ औं मिनेटमा नेपालको पोष्टमा फेरी अर्को गोल छिर्न पुग्यो । उक्त गोल भारतकी इन्दुमतीले हानेकी थिइन् ।

लगातार दुई गोल पछी नेपालले ७५औं मिनेटको समयमा पेनाल्टी हान्ने अवसर पायो । उक्त अवसरलाई सदुपयोग गर्दै सावित्रा भण्डारीले गोल गरेपछि नेपाल केहि आशावादी बन्यो । तर त्यो आशा भारतले तेश्रो गोल नगर्दासम्म मात्र टिक्न सफल भयो । भारतले ८४औं मिनेटमा नेपालको पोष्टमा तेस्रो गोल गर्‍यो । जुन गोल नेपालकि गोलरक्षकले हतार गर्दा हातबाट फुत्काउन पुगेकी थिइन् । 

साफ वुमन्स च्याम्पियनसिप अन्तर्गत यसअघि पनि तीनै संस्करणमा भारतसँग नेपालले फाइनलमा पराजित भएको इतिहाँस छ । त्यस्तै साग गेम्समा पनि नेपालले भारतसँग नै पराजित भएको थियो । 

समूहचरणको खेलमा सर्वाधिक गोल गरेर चर्चामा रहेको नेपालले भारतसँगको खेलमा चित्तबुझ्दो पर्दर्शन गर्न सकेन । समूहका दुई खेलमा  ११ गोल गरेकी सावित्रालाई भारतका ३ जना खेलाडीले घेरेर मार्क गरेका थिए ।

खेलमा भारतले निकै चलाखीपूर्ण पर्दर्शन गर्यो भने नेपालले लगातारको बिजेतासँग जमेर खेल्न नसक्दा परिणाम राम्रो ल्याउन सकेन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!