१५औँ शाही स्मृति भलीबल कपको उपाधि नेपाल पुलीसलाई

Posted on: 23 Jan, 2017


नन्द बहादुर रोकाया/माघ १०, मुगु । मुगु सदरमुकाम गमगढीमा आज सकिएको १५ औ शाही स्मृती भलिबल प्रतियोगिताको उपाधी नेपाल पुलिसले हात पारेको छ । 

आज भएको फाईनल खेलमा महाकाली नमुना उच्च माध्यामिक बिद्यालयलाई हराउदै पुलिसले उपाधी जितेको हो । उपाधि बिजेता पुलिसले शिल्ड सहित नगद रु दश हजार रुपैया पुरष्कार समेत प्राप्त गरेको छ । 

उपबिजेतामा सिमित भएको महाकालीले भने ५ हजार नगद पुरस्कार पाएको छ । लोकतान्त्रिक खेलकुद संघ मुगुले आयोजना गरेको प्रतियोगितामा जिल्लाका बिभिन्न भेगहरुका ६ वटा टिम सहभागि रहेका थिए । गएको माघ ३ गतेबाट जारी खुल्ला पुरुष भलीबल प्रतियोगिता आज सकिएको छ ।


 नेपाली काग्रेसका संस्थापक सभापति रहेको स्वर्गिय बखत बहादुर शाहीलाई २०५८ साल माघ ३ गते तत्कालित बिद्रोही माओवादीले मारेको थियो  । शाहीको सम्झनामा सदरमुकाममा भलिवल प्रतियोगिता, देउडा गित प्रतियोगिता लगायतका कार्यक्रमको आयोजना गरिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!