उपाधिका लागि निङ्गलाशैनी र योङस्टार भिड्ने

Posted on: 28 Jan, 2017

माघ १५, बैतडी । सहिद दशरथचन्द स्मृति यू–१९ आमन्त्रण क्रिकेट प्रतियोगिताको उपाधिका लागि निङ्गलाशैनी क्रिकेट क्लव ९एनसिसी० र योङस्टार क्रिकेट क्लव, मेलौली भिड्ने भएका छन् । 

आज सम्पन्न सेमिफाइनल खेलमा जगन्नाथ क्रिकेट क्लव थालिगाडालाई ५३ रनले हराउँदै निङ्गलाशैनी फाइनल प्रवेश गरेको हो । अर्को खेलमा कालाशैनी क्रिकेट क्लबलाई १३७ रनले पराजित गर्दै योङस्टारले फाइनलका लागि स्थान सुरक्षित गरेको हो । 

बुढाबाजे क्रिकेट मैदान रातामाटामा सम्पन्न खेलमा टस जितेर ब्याटिङ गर्दै निङ्गलाशैनीले ३२ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १७१ रन बनायो । विजयी लक्ष्य पछ्याउने क्रममा जगन्नाथले २४ दशमलव ४ ओभरमा ११८ रन मात्र बनाउन सक्यो । म्यान अफ द म्याच भएका निङ्गलाशैनीका ऋषिकेश बोहरा एक्लैले पाँच विकेट लिए । 

यस्तै निङ्गलाशैनी खेल मैदान देहिमाडांैमा सम्पन्न अर्को सेमिफाइनलमा टस जितेर ब्याटिङ गरेको योङस्टार क्रिकेट क्लवले निर्धारित ३५ ओभरमा ६ विकेटको क्षतिमा ३०७ रन बनायो । विजयी लक्ष्य पछ्याउने क्रममा कालाशैनीले १९ दशमलव २ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १७० रन बनायो । बलिङतर्फ योङ्स्टारका प्रकाश सिंहले चार तथा विपिन विष्टले दुई विकेट लिए । व्यक्तिगत १३७ रन बनाउनुका साथै चार विकेट लिएका योङस्टारका प्रकाश म्यान अफ द म्याच घोषित भए । फाइनल खेल आइतबार हुने जिल्ला क्रिकेट सङ्घका अध्यक्ष रमेश बोहराले जानकारी दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!